May 18, 2024
पालिका विशेष

अजिरकोटमा सहयोग सामग्री लिँदा पालिकाको अनुमति अनिवार्य

गोरखा, बुधबार, २८ चैत्र २०८० । अजिरकोट गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुले जो कोहीबाट सहयोग लिँदा गाउँपालिकासंग अनुमति लिनुपर्ने भएको छ । पालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सहयोग ग्रहण गर्दा पालिकासंग अनुमति लिनुपर्ने जानकारी गराएको हो ।

विद्यालयलाई गरिने सहयोगलाई एकद्वार प्रणाली लागु गर्न यसो गरिएको पालिकाको शिक्षा शाखाले जनाएको छ । ‘सहयोग नलिने भनेको होइन,’ शिक्षा शाखा प्रमुख सिताराम पन्तले भने, ‘विद्यालयको सहयोगमा एकद्वार प्रणाली लागू गर्न खोजेका हौँ ।’ यसले आवश्यकताको आधारमा विद्यालयलाई सहयोगको उपलब्ध गराउन सकिने उनले बताए ।

उनका अनुसार अव पालिकाभित्रका सामुदायिक विद्यालयले कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाबाट नगद तथा जिन्सी सामग्रीहरु सहयोग लिँदा शिक्षा शाखाको अनुमति अनिवार्य लिनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *