Monday, March 1, 2021
More

    अजिरकोट गाउँपालिकाद्वारा सव इन्जिनियर र अ.सव इन्जिनियरको परीक्षा र अन्तवार्ता तालिका सार्बजनिक (नामसहित)

    गोरखा, बुधबार, २१ माघ २०७७ । गोरखाको अजिरकोट गाउँपालिकाले सव इन्जिनियर तथा अ.सव इन्जिनियरको परीक्षा र अन्तवार्ता तालिका सार्बजनिक गरेको छ ।

    नागरिक दैनिक पत्रिकामा यहि पौष २६ गते प्रकाशित बिज्ञापन न ००९/२०७७/७८ सव इन्जिनियर पदका लागि र ०१०/२०७७/०७८ अ.सव इन्जिनियर पदका लागि बिज्ञापन प्रकाशित अनुरुप परीक्षा र अन्तवार्ता तालिका सार्बजनिक गरेको हो ।

    अ.सव इन्जिनियर पदका लागि आगामी फागुन ११ गते बिहान ११ बजे र सोही दिन सव इन्जिनियर पदका लागि दिउँसो १ बजे लिखित परीक्षा हुने प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

    साथै, अ.सव इन्जिनियरको अन्तवार्ता फागुन १२ गते बिहान ११ बजे र सोही दिन सव इन्जिनियरको दिउँसो १ बजे अन्तर्वार्ता हुने प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवालीले जानकारी दिनु भयो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here