काठमाडौँ, मंगलबार, ६ जेठ २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न नेपाल सफल हुने बताउनु भएको छ ।

नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा मंगलबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नेपालको नयाँ राजनीतिक नक्सा तयार गरेसँगै यसले नेपालको मानचित्रमा परिवर्तन आएको उल्लेख गर्नुभयो ।

“हामी सत्य र न्यायको पक्षमा छौँ । हामी भारतसँग कुरा गरेर हाम्रो कूटनीतिक वार्ताका माध्यमबाट भूमि फिर्ता गराउनेछौँ ” उहाले भन्नुभयो ।

मन्त्रिपरिषद्को बैठकले पास गरेको नेपालको नयाँ नक्सालाई सरकारी छाप, निशान र पाठ्यक्रम आदिमा परिवर्तन हुने पनि उहाले स्पष्ट पार्नु भएको थियो। प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तरको क्रम जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here