Monday, August 2, 2021
More

    विश्व अवार्ड २०२१ मा नेपालको जेभियर इन्टरनेसनल कलेज पर्न सफल

    spot_img
    spot_img

    काठमाडौँ, बिहिबार, १७ असार २०७८ । काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले वर्ल्ड लिडर समिट अवार्ड जित्न सफल भएको छ ।

    शैक्षिक क्षेत्रमा पुर्‍याएको अतुलनिय योगदान, अनलाईन शिक्षामा अव्वल भई विश्व वजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरेकाले जेभियर इन्टरनेशनल कलेजलाई उक्क्त अवार्ड प्रदान गरिएको हो ।

    क्याम्व्रिज विश्वविधालयको ए लेभलमा विश्व टप ३ पटक, नेपाल टप २७ पटक, वोर्ड टप २ पटक भई उत्कृष्ट रिजल्ट दिई शैक्षिक गुणस्तर कायम गर्न सफल र उत्कृष्ट पुर्वाधार सहितको युग सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानित भएको जेभियर इन्टरनेशनल कलेज कालोपुलका सिईओ लोक बहादुर भण्डारीले बताउनु भयो ।

    इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस (सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट,कल्चर एन्ड एजुकेसन ) नामक दुवईको संस्थाले विश्वभरीबाट जेभियर इन्टरनेशनल कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गरेकोले सो सम्मान प्रदान गरेको जेभियर कलेजले जनाएको छ ।

    जेभियर इन्टरनेशनल कलेज कालोपुल यस अघिपनी विभिन्न सन् २०१९मा अन्तर्राष्ट्रिय स्कुल अवार्डमा सम्मानित भएको थियो ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    sixteen − 6 =