Monday, August 2, 2021
More

    प्रतिनिधि सभा पुनर्स्थापनापछि आज पहिलो बैठक

    spot_img
    spot_img

    काठमाडौं, आइतबार, ३ साउन २०७८ । सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनर्स्थापना गरेपछि पहिलो पटक आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्न लागेको हो ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नु भएको थियो ।

    आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश गर्ने तयारी गरेको छ ।

    शनिबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो ।

    आजै अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक पनि बस्दैछ। अघिल्लो सरकारले प्रतिनिधि सभा पुनर्स्थापना भएपछि हठात् राष्ट्रिय सभा अधिवेशन अन्त्य गरेको थियो ।

    बैठकका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ। सांसदहरू, राष्ट्रिय सभा सदस्य, कर्मचारी लगायत सबैको कोरोना परीक्षणसमेत भइसकेको छ ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    2 × five =