Monday, August 2, 2021
More

    डाटा चोरी भएको छैन : नेपाल टेलिकम

    spot_img
    spot_img

    काठमाडौं, बिहिबार, ३१ असार २०७८ । नेपाल टेलिकमले आफ्नो डाटा चोरी नभएको स्पष्ट पारेको छ ।

    गत असार २७ गते सर्भर ह्याक सार्वजनिक भएपछि टेलिकमले छानविन सुरु गरेको थियो। विज्ञहरुबाट विस्तृत छानविनका आधारमा टेलिकमले कुनैपनि डाटा चोरी नभएको विज्ञप्ती जारी गरेको छ ।

    ह्याक भएको भन्ने जानकारी आएपछि कम्पनीले डाटा सुरक्षासम्बन्धी गाम्भीर्यतासँगै शंकाको घेरामा रहेका उपकरण र प्रणाली तत्काल बन्द गरी छानविन गरेको थियो ।

    ग्राहकहरुसँग सम्बन्धित सबै डाटा सुरक्षित राख्न टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आएकाले कुनै खतरा नरहेको जनाएको छ ।

    प्रवक्ता राजेश जोशीले कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको बताउनु भयो ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    two + twenty =