Saturday, March 6, 2021
More

    अमेरिकामा कोरोना विरुद्धको दोस्रो खोप स्विकृत

    बिबिसी, शनिबार, ४ पौष २०७७ ।  अमेरिकाले कोरोना भाइरस विरुद्धको दोस्रो खोपलाई स्वीकृति दिएको छ ।

    खोप तथा औषधि सम्बन्धी अमेरिकी नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले मोर्डेनाले विकास गरेको खोपलाई पनि आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको हो ।

    एफडिएको सल्लाहकार बोर्डका विज्ञहरुले मोर्डेनाको खोप सुरक्षित एवं प्रभावकारी रहेको भन्दै सर्वसम्मतरूपमा स्वीकृति प्रदान गरेपछि एफडीएले सर्वसाधारणमा आपतकालिन प्रयोगका लागि स्वीकृति दिएको हो ।

    यसअघि एफडिएले फाइजर-बायोएनटेकले विकास गरेको खोपलाई स्वीकृति प्रदान गरेपछि हाल सर्वसाधारणलाई खोप लगाउन थालिएको छ । दुवै खोपले स्वीकृति पाएसँगै कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा परेको अमेरिकामा सर्वसारधारणको जीवन सुरक्षित हुने अपेक्षा गरिएको बिबिसीले जनाएको छ ।

    यो समाचार तयार पार्दासम्म अमेरिकामा ३ लाख २० हजारभन्दा बढी संक्रमितको मृत्यु भैसकेको छ भने १ करोड ७८ लाखभन्दा बढी मानिस संक्रमित भएका छन ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here