February 24, 2024
खेलकुद

अमेरिकामा सन्जित राई सम्मानित

काठमाडौँ, बिहिबार, १९ पौष २०८० । उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी सन्जित कुमार राई अमेरिकाको टेक्सासमा सम्मानित हुनु भएको छ । किरात राई समाज, अमेरिकाले खेलकुदको माध्यमबाट नेपाल र किरात राई समुदायको प्रतिष्ठा अभिबृद्धि गरेवापत पारुहाङ साँझ– २ को अवसरमा सन्जित सम्मानित हुनु भएको हो ।

सिटी अफ अर्भिङका डेपुटी मेयर डेनिस वेव, किरात राई समाज, अमेरिकाका अध्यक्ष खगेन्द्र राई र किरात राई समाज, अमेरिका (टेक्सास च्याप्टर) का अध्यक्ष दिलिप राईले सन्जितलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गर्नुभयो ।

राष्ट्रिय उमा कुङ फु प्रतियोगितामा आफ्नो तौलसमूहका दुईपटकका राष्ट्रिय च्याम्पियन सन्जित स्लोभेनियामा भएको डब्लुएमएसी उमा विश्व च्याम्पियनसिपका स्वर्ण विजेता हुनु भएको थियो ।

उहँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्नु भएको छ ।

नेपाल उमा कुङ फु संघका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका सन्जित अमेरिकामा हुने ब्याटल अफ द ड्रागन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न र निर्णायकको भूमिका निर्वाह गर्न हाल अमेरिकामा हुनुहुन्छ ।

सम्मानित भएपछि सन्जितले सम्मानले खेलकुदमा अझ सक्रिय भएर अगाडि बढ्न प्रेरित गरेको बताउदै सम्मानका लागि किरात राई समाज, अमेरिकालाई धन्यवाद ब्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *