गोरखा, २७ असार २०७७ । अमेरिका गाेरखा सम्पर्क समाजबाट कोरोना भाइरसबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

गोरखाको पालुङटार नगरपालिकाका नगर प्रमुख ई.दीपक बाबू कंडेलको समन्वयनमा अमेरिका गाेरखा सम्पर्क समाजद्वारा पालुङटार नगरपालिका-७ का ४४ वर्षिय पुरुष कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाे परिवारका सदस्यलाई रू एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ ।

पालुङटार नगरपालिकाका नगर प्रमुख ई.दीपक बाबू कंडेलले उक्त चेक परिवारका सदस्यलाई हस्तान्तरण गर्नु भएको थियो ।

पालुङटार नगरपालिकाका ४४ वर्षिय पुरुष गत असार १६ गते कतारबाट नेपाल फर्की १७ गते पालुङटार पुग्नु भएको थियो । कोरोना पोजेटिभ भएको पुष्ठि भए लगतै उपचारका लागि उहाँलाई गोरखा अस्पताल पुर्याइएको थियो |

उहाँको उपचारका क्रममा गत असार २० गते शनिबार बिहान पाचँ बजेर पाचँ मिनेटमा मृत्यु भएको गोरखा अस्पतालले घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here