May 18, 2024
प्रदेश विशेष

अमेरिकी राजदूत थम्सनद्वारा उत्तरी गोरखाको भ्रमण

गोरखा, मंगलबार, ४ चैत्र २०८१ । नेपालका लागि अमेरिकी राजदूत डीन थम्सनले तिव्वती सीमा क्षेत्रमा अबस्थित उत्तरी गोरखाको भ्रमण गर्नु भएको छ । मंगलबार बिहान चुमनुब्री गाउँपालिकाको सामागाउँ, साम्दो र २०७२ सालको भूकम्पको केन्द्रविन्दू बारपाकको भ्रमण गर्नु भएको हो ।

गोरखा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँ सहित सो क्षेत्र भ्रमणका क्रममा पुगेका राजदूत थम्सनले हिमाली क्षेत्रमा जलवायू परिवर्तनले पारेको असर तथा मनास्लु क्षेत्रमा पर्यटन विकसको नयाँ सम्भावनाका बिषयमा स्थानीयसँग अन्तरक्रिया गरिएको चुमनुब्री १ का वडाअध्यक्ष कर्मा छेवाङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *