Friday, February 26, 2021
More

    अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

    काठमाडौँ, मंगलबार, २८ पौष २०७७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । ट्रम्पलाई पदबाट हटाउनका निम्ति तल्लो सदनमा औपचारिक रूपमा महाअभियोग प्रस्ताव प्रस्तुत गरिएको हो ।

    बीबीसीका अनुसार डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको संसद्‍मा भएकाे आक्रमणलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ। उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुनसक्छ ।

    तल्लो सदनमा डेमोक्र्याटहरूको बहुमत भएकाले महाअभियोग सजिलै पारित हुनेछ । महाअभियोग प्रस्ताव पास गर्न माथिल्लो सदनमा पनि दुई तिहाइ बहुमत चाहिन्छ । तर त्यो प्रक्रिया तत्काल टुङ्गोमा पुग्नेमा डेमोक्र्याटहरू नै विश्वस्त देखिएका छैनन् ।

    यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् । गत वर्ष पुसमा पनि ट्रम्पविरूद्ध पहिलो पटक महाअभियोग प्रस्ताव ल्याइएको थियो ।

    राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here