सीमा पुरी

तिमिले
मृत्युलाई जित्न सकिनौं
कोरोनाको रुपमा
आएको काललाई
जित्न सकिनौं ।

आफुभित्र आफैले छामेर
मृत्यु बरण गर्दा
कति रोएहोला
भित्री मन तिम्रो
भयो होला पिडा कति ?

सन्तानलाई आँखाको नजरबाट
मनमा राख्न नपाउदै
सावित्री तिमी गयौं ।

सन्तानलाई काखमा च्यापेर
स्नेहले केहिबेर छाम्न नपाउदै
उ रोएको राम्रो संग सुन्न नपाई
हासेको हेर्न नपाई ।

आमा भनेर तोतेबोली
बोलेको नसुन्दै गयौं
नेपालमा कोरोनाको
पहिलो सिकार तिमी भयौं ?

तिम्रो आत्मा एतै कतै होला
सन्तानको सेरोफेरोमा

तिम्रो नाम र तस्बिरहरु
साझा भएका छन यतिखेर
सावित्री तिमी परलोक गयौ

आमा,बाबा,पति,सासू,ससुरा
आफन्त, साथीभाई
सबैलाई छोडि
भर्खर तिम्रो काखमा टेकेको
तिम्रो शिशुलाई छोडेर जानू
तिम्रो रहर हुँदै होइन ।

लेखेको भाग्य थियो
या भयो गल्ती यतै कतै
जे भयो दुःखद् भयो
तिम्रो परीवारलाई रुवायर गयौं ।

आज तिम्रो मृत्यु दुःखद्
सबैको मनको डर बन्यो ।

दसमास कोखमा राखेर
अथाह पिडा सहेर
अनेकौ सपना देखि
जन्माएको सन्तानलाई
टुहुरो बनाएर जादा
बन्द सजिलैसँग भएनहोला
तिम्रा नयनहरु ।

मुटुभरी च्यापेर राखेको
अथाह स्नेह सन्तानको
गयन होला एकमुठी श्वास
तिमी भित्र भित्रै रोयौ होला

रोगसंग अन्तिम क्षण सम्म
लडाइँ गरीरहयौ
अन्त्य तिम्रो कम्जोर शरीर
निमुनियाको बिरामी
हार मान्यौ मृत्यु सामु
र तोड्यौ सारा बन्धनहरु

तिमी फेरि फर्की आउनु
र्को जुनि हुन्छ भने
तिमिले फेरि मानव चोला पाउनु
आमाको स्नेह सन्तान माथी
अथाह लुटाउन आउ
आफ्नो लामो उमेर ल्याई
सारा जीवन बाचेर जाउ
सावित्री तिमी फेरि आमा

हुनकै लागि आउ
अधुरो रहर,सपना र चाहाना
पूरा गर्न फेरि नारी भै आउ
अधुरो रहर बोकि प्राण त्यागेकी तिमी
स्वर्गमा अब राज गर्नु
धर्तिमा रहेकाहरुलाई ।

स्वर्गबाटै प्रेमले भर्नु
तिम्रो सन्तानको चिरायुको
सधै तिमी कामना गर्नु ।

आर्को जुनी लिदै तिमी
सावित्री तिमी धर्तिमा झर्नु ।

हार्दिक समबेदना ।


२०७७ साल जेठ ३ गते शनिबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here