काठमाडौँ, मंगलबार, २३ भाद्र २०७७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज मंगलबार सिंहदरवारस्थित मन्त्रालयमा भएको विदाई भेटका अवसरमा राजदुतले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको बताउनु हुदैँ यो कार्यकाल भित्र नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको बताउनु भयो ।

नेपालको भौगोलिक, सामाजिक, साँकृतिक एवं पर्यटकीय सम्पदाहरुको नजिकवाट अनुभव गर्ने अवसर प्राप्त भएको उल्लेख गदै बिश्वब्यापी महामारीको रुपमा फैलिदैं गईरहेको कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको विकराल समस्याका विच लकडाउनमा नेपालका विभिन्न जिल्लाहरुमा अड्कीएका अष्ट्रेलियन नागरिकहरुलाई सकुशल उद्धार गरी नेपाल वायुसेवा मार्फत स्वदेश पठाउने व्यवस्था गरेकोमा मन्त्री भट्टराईलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गनु भयो ।

साथै, उहाँले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको विचमा हवाई सम्झौत्ता भई सकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकोले निकट भविष्यमा नै सिधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गनु भयो ।

मन्त्री भट्टराईले अष्ट्रेलियामा नेपालको पर्यटन प्रबर्धनमा राजदुतको सहयोगको अपेक्षा गर्नु भएको थियो । राजदुत वडले आफनो तीन बर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनु अघि मन्त्री भट्टराईसँग विदाई भेट गर्नु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here