गोरखा, आइतबार, ११ जेठ २०७७ । गोरखाको सिरानचोक गाउँपालिकालाई असल छिमेकी नेपाल, पोखराले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

गोरखामा भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्दै आइरहेको असल छिमेकी नेपाल, पोखराले सिरानचोक गाउँपालिकालाई बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सहजताका लागि उक्त स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

संस्थाले दुई हजार थान पञ्जा, दुई हजार थान कटन माक्स र जनचेतनामुलक पर्चा पम्पलेट उपलब्ध गराउनु भएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here