गोरखा, सोमबार, ८ बैशाख २०७६ । शनिवार र आईतवारको हावाहुरी सहित असिना पानीले गोरखाको बिभिन्न ठाउँमा क्षती पुगेको छ ।

सिरानचोक, पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका लगायत बिभिन्न ठाउँबाट किसानले असिना पानीले तरकारी खेतीमा क्षति पुगेको गुनासो गरेका छन् ।

सिरानचोक गाउँपालिकाको हर्मीमा असिना पानीले तरकारी खेतीमा क्षती पुगेपछि किसान निराश भएका छन् । बारपाक सुलिकोट गाउँपालिको स्वाँरा लगायत आसपासका ठाउँमा पनि असिना पानीले फलफुल झरेको स्थानीय शलिना गुरुङले बताउनु भयो । भिमसेन थापा, आरुघाट, गोरखा नगरपालिका, पालुङटार नगरपालिकामा लिची र आँपको फुल झरेको छ । किसानले लाखौँको क्षती बेहोर्नु परेको गुनासो गरेका छन् ।

यस्तै लगातारको वर्षात सँगै आएको हावाहुरीले गोरखाको ग्रामिण भेगा बिद्युत समेत अवरुद्ध भएको छ । हावाहुरी चलेपछि बिजुली अवरुद्ध हुने, लामो समय सम्म नआउने गरेको च्याङ्ली, बोर्लाङ, अश्राङ, मिरकोट लगायत ठाउँका स्थानीयले गुनासो गरेका छन । रुख ढल्दा, हावाहुरीले पोल र तारमा असर पर्दा अवरुद्ध भएको बिजुली छिटो मर्मत गरेर सुचारु गराउने विद्यूत प्राधिकरण बितरण केन्द्र गोरखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here