February 24, 2024
अर्थ व्यवसाय

आइएमई पे ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

काठमाडौँ, बुधबार, १७ माघ २०८० । नेपालको डिजिटल वालेट आइएमई पे ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले फिनटेक समूह मध्येबाट आइएमई पेलार्ई कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित गरेको हो ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले अवार्डलाई फिनटेक क्षेत्रमा नबप्रबर्तन, नेतृत्वदायी जनशक्ति ब्यवस्थापन, सहज ग्राहक सेवा, वित्तीय समावेशीता तथा साक्षरताको उत्थानमा गतिशील रहने कम्पनीको प्रतिबद्धता प्रतिको सम्मानको रुपमा लिएको बताए ।

कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डल मार्फत मुल्याकंन गराइ नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *