Monday, August 2, 2021
More

    भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध

    spot_img
    spot_img

    ललितपुर, मंगलबार, ५ साउन २०७८ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ ।

    महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले आज जारी गर्नुभएको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधबार पत्रकारलाई दिइने उल्लेख गरिएको छ ।

    उक्त पत्रमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका पत्रकारले सो कार्ड वा सूचना विभाग तथा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ ।

    यसअघि भेरोसेल खोपको पहिलो मात्रा पत्रकारले गत असार ६ गते महासङ्घको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा लगाएका थिए ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    four − two =