Thursday, September 23, 2021
More

    राष्ट्रपतिद्वारा नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको उद्घाटन

    spot_img
    spot_img

    काठमाडौँ, बुधबार, १३ साउन २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताउनु भयो । नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्नु हुदै राष्ट्रपतिले भन्नुभयो, ‘सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय हो । यसलाई पर्यटकीयस्थलमा विकास गर्न सकिने र पर्यटन प्रवद्र्धनमार्फत् आर्थिक लाभ लिन सकिन्छ ।’

    नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमूनाका रुपमा सङ्ग्रहालय रहेको जनाउँदै राष्ट्रपतिले अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटकका लागि गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने बताउनु भयो । एकीकरणका घटना र विषयलाई पाठ्यक्रममा समावेश गरी राष्ट्रिय एकता प्रवद्र्धन गरिनुपर्नेमा राष्ट्रपतिको जोड दिनु भयो ।

    सोही अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको स्वतन्त्रता र स्वाधीनताको रक्षामा महत्वपूर्णस्थलका रुपमा सिन्धुलीगढी रहेको बताउनु भयो । उहाँले सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय स्थापना गौरवपूर्ण इतिहास जोगाउने महत्वपूर्ण कार्य भएको बताउँदै यसले राष्ट्रिय एकता र सुरक्षामा सहयोग पुग्ने बताउनु भयो । सरकारले यस्ता सङ्ग्रहालय निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गर्ने उहाँले बताउनु भयो ।

    सांसद गणेशकुमार पहाडीले ऐतिहासिकस्थल संरक्षणका लागि १०० पर्यटकीय गन्तव्यस्थलमा समावेश गरेर सिन्धुलीगढीलाई चिनाउने काम भएको बताउँदै यो पर्यटकीयस्थलका रुपमा अङ्गग्रेजकाे पनि गन्तव्यस्थल हुन सक्ने बताउनु भयो ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाले ऐतिहासिकगढी, किल्ला र एकीकरण मार्गको संरक्षणको कार्ययोजना बनाएर संरक्षणमा लागिएको बताउनु भयो । उहाँले इतिहास बिर्सने राष्ट्रको औचित्य नहुने भएकाले २५३ वर्षअघिको ऐतिहासिकस्थललाई चिनाउने काम भएको समेत बताउनुभयो ।

    कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र उपप्रमुख मञ्जु देवकोटाले पनि नवननिर्मित युद्ध सङ्ग्रहालयलाई आकर्षक पर्यटकीयस्थलका रुपमा विकास गरिने प्रतिबद्धता जनाउनु भयो ।

    सोही अवसरमा प्रधानसेनापति थापाले नगर प्रमुख खत्रीलाई सङ्ग्रहालय हस्तान्तरण गर्नुभयो । वि.सं. १८२४ असोजमा अङ्ग्रेजसँग भएको युद्धको सम्झनामा सो सङ्ग्रहालय निर्माण गरिएका हो । सङ्ग्रहालयमा त्यतिबेलाको युद्धमा प्रयोग भएका हातहतियार र ऐतिहासिक दस्तावेज सङ्ग्रह गरिएको छ । युद्धमा सहभागी भएका झण्डै दुई हजार ४०० अङ्ग्रज फौजमध्ये करिब एक हजार ६०० को मृत्यु भएको बताइन्छ ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    spot_img

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    twenty + 16 =

    spot_img