आई फुलबारी मिडिया नेटवर्क प्रा लि द्वारा संचालित आईपीएम समाचार आजदेखि तेस्रो बर्षमा प्रबेश गर्न सफल भएको छ ।

आज तेस्रो बर्षमा प्रवेश गरेको सुखद् अनुभुति तपाई पाठक र दर्शकलाई सुनाउन पाउँदा हामी मन प्रफुल्ल भएका छौ । दोस्रो बार्षिक उत्सबको अवसरमा दु:ख बिर्साउन सहयोग गर्ने आम पाठकवर्ग, बिज्ञापनदाता, सम्पादक मण्डल, सहयोगी, नेपाल पत्रकार महासंघ, सम्बाददाता, प्रत्यक्ष तथा अ-प्रत्यक्ष रुपमा सहयोग गर्नुहुने र अगाडी बढ्न हौसाउने बौद्धिक बर्गलाई एक पटक कम्पनीको तर्फबाट सम्पूर्ण महानुभाबहरुप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ब्यक्त गर्न चाहन्छौ ।

बिश्वभरी छरिएर रहनु भएका नेपालीहरु बिच निकै लोकप्रिय रहेको सिमपानी न्युज अनेक आरोह र अवरोहका बिच आजदेखि तेस्रो बर्षमा पाइला टेक्न सफल भएको छ ।

देशको समाजिक, राजनीतिक, आर्थिक र अन्य क्षेत्रको स्थल स्वरूपलाई विवेचनात्मक दृष्टिबाट अथ्र्याइएमा मात्र जनताले देशको गति र शासनको नियत बुझ्ने विश्वास लिएर त्यसको भित्री एवं समग्र स्वरूप जनता समक्ष प्रस्तुत गर्ने जमर्कोमा आईपीएम समाचार अनलाइन खबर पत्रिकाउपस्थित भएको छ ।

जहाँ इच्छा आकांक्षासंगै कर्ममा निरन्तरता हुन्छ, त्यसले सफलता पाउछ भन्ने लामो उद्देश्य र लक्ष्यका साथ हामी अडिक भएर अगाडि बढेका छौं । यस संचार माध्यमले छोटो समयमा नै देश-विदेशमा रहनु भएका समस्त आम नेपालीहरुको मन जित्न सफल भएको छ ।

मुलुकको केन्द्रमा रहेर पनि आवाजबिहीनहरूको आवाज बनि सुचनाको सम्बाहक, ग्रामिण भेग र खोज पत्रकारीता निरन्तरता दिँदै यस अनलाइनले नेपाल र नेपालीको मात्र नभइ राष्ट्रिय \ अन्तराष्ट्रिय तथा प्रवासका समाचारलाई समेत द्रुत गतिमा प्रकाशन, प्रसारण गर्दै आइरहेको यहाँहरुलाई अवगत नै रहेको छ ।

स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको उच्च रोजाइमा पर्न सफल यस अनलाइनले पाठक, दर्शकहरू माझ निष्पक्ष, पारदर्शी एवम सत्य तथ्य समाचार प्रकाशन गर्दै आइरहेको छ ।

विश्वभरीका पाठकहरूसमक्ष सत्य तथ्य समाचार प्रकाशन गर्दै आएको यस अनलाइनले तेस्रो बर्षमा प्रवेश गरेसंगै आगामी दिनहरूमा अझ सशक्त रूपमा अघि बढ्ने प्रण पनि यहाँहरु सामु गर्न चाहान्छौं । साथै, आगामी दिनहरूमा पनि तपाइहरुको साथ सहयोग, सल्लाह, सुझाबको अपेक्षा राखेका छौं ।

तपाई पाठकवर्गको चाहना अनुरुप, जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम प्रयोग गरेर विभिन्न असहज परिस्थितिहरुलाई पनि सहज रुपमा लिदै यात्राका अझ फराकिला बाटाहरु बनाउदै युद्द गतिमा हामी सशक्त रुपमा अगाडी बढी रहेका छौ ।

जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । खानेपानी, बिजुली, इन्धन, यातायातजस्ता जनताका आधारभूत समस्याभन्दा अरू राष्ट्रिय आवश्यकता ठूला वा महत्वपूर्ण हुँदैनन् र मानिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र सञ्चारको सुविधाबाट जनसाधारण विमुख हुनुहुँदैन ।

भ्रष्टाचार, कालोबजारी, करछली र जनतालाई आर्थिक, सामाजिक तथा शारीरिक शोषण गर्ने कुनै पनि समूह, व्यक्ति वा प्रवृत्तिविरूद्ध समाजलाई जागरुक बनाउने एउटा अभियानकै रूपमा सिमपानी न्युजलाई यसका शुभचिन्तकले मान्ने र माया गर्ने विश्वास हामीले लिएका छौँ ।

देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुनुमा आईपीएम समाचारको दैनिक क्रियाकलाप हुनेछ ।

तपाईहरुको समय समयमा दिनु भएका राय सल्लाह, सुझाब एब प्रतिक्रियाहरुलाई हामीले हाम्रो मार्गदर्शन बनाएका छौ । आगामी दिनमा पनि तपाईहरुको राय सल्लाह, सुझाब एब प्रतिक्रियाको अपेक्षा गरेका छौ ।

हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनै पनि अवस्थामा सम्झौता नगर्ने र ताजा समाचार, मनोरञ्जन, बिचार, प्रवास, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।

अन्त्यमा, हामी मुलुकको राष्ट्रियता, अखण्डता र स्वाभिमानप्रति जिम्मेवार छौं र रहने छौं भन्ने प्रण समेत दिलाउदैँ आगामी दिनमा अझ सशक्त कलम चलाउने प्रतिबद्धता जनाउन चाहान्छौं ।

२०७६ साल फागुन २० गते मंगलबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here