काठमाडौँ, शुक्रबार, २३ जेठ २०७७ । कोरोनाको महामारीमा बिदेशी भुमिमा रहेका नेपालीहरुकाे पिडालाई समेटेर तयार पारिएकाे प्रभावन जे काे लाेक तथा दाेहाेरी गित “आउछु फर्केर” सार्वजनिक गरिएको छ ।

डि ए आर मुभिजले बजारमा ल्याएकाे उक्त गितमा लोक तथा दोहोरी गायक, सर्जक प्रभावन जे काे शब्द, लय र स्वर रहेकाे छ भने स्मृति गाैतमले उहाँलाई स्वरमा साथ दिनुभएको छ ।

जीवन बडूको एरेन्ज रहेको गीतको भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय रहेकाे छ । क्यामेरामा पिटर गुरुङ, सम्पादनमा नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईंले गर्नु भएको छ ।

उक्त गीतको भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धितालले गर्नु भएको छ ।

केहि समय पहिले प्रभावन जे को टिमले सामाजिक सचेतनामुलक गितहरु कालापानी, काेराेना (कोभिड-१९), घरमै बसाैन, काे साथमा चेतनामुलक सर्ट मुभि बजारमा ल्याएकाे थियाे ।

यो गित हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकायको ध्यान पुर्याउने उद्देश्यले बजार ब्यबस्थापन गरेको डिएआर मुभिज एंड फिल्म्स इ. प्रा लि. का संचालक सदस्य राजाराम गौतम ले जानकारी दिनुभयो ।

भिडियोको लागि तलको लिंक हेर्नुहाेस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here