“बन्दैन रगत कारखानामा, अरू कुनै बस्तु जस्तो ,
संकटको बेला रत्तदान गर्ने, त्यो व्यक्ति महान कस्तो”

ललितपुर, बिहिबार, १८ बैशाख २०७७ । गोदावरी नगरपालिका गोदामचौरमा आकस्मिक “घरदैलो रक्तदान अभियान” सम्पन्न भएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको डकडाउनको समयमा रगत अभाव हुन नदिन आकस्मिक “घरदैलो रक्तदान अभियान” मार्फत ६१ पिन्ट रगत संकलन गरिएको हो ।

आपतकालिन अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन अपिल गरे अनुसार आज गरिएको रक्तदान कार्यक्रममा गोदावरी नगरपालिका-१ गोदामचौरमा २३ पिन्ट र गोदावरी नगरपालिका-२ बिशाखुमा ३८ पिन्ट दुइ ठाउमा गरेर जम्मा ६१ पिन्ट रगत संकलन भएको बेबी राज भण्डारीले जानकारी दिनुभयो ।

सरकारले नै अति आवश्यक बाहेकका शल्यक्रिया अहिले नगर्न निर्देशन दिए पनि नियमित डायलासिस, सुत्केरी र आकस्मिक शल्यक्रिया गर्नुपर्दा रगतको समस्या देखिन थालेको छ ।

सामान्यतया, अरु बेलामा तीन सय ५० देखि चार सय पिन्ट रगत माग हुने गरेकोमा अहिले भने माग घटेको छ । सोही अनुरुप रगत अभाव नहोस् भनेर घरदैलो रक्तदान अभियान संचालन गरिएको आयोजकले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी गोदामचौर शाखा र गोदावरी वडा न २ को आयोजनामा, ब्लोदान नेपाल ललितपुर शाखाको सकृयतामा, नेपाल रक्त संचार भक्तपुरको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here