ललितपुर, शुक्रबार, ९ जेठ २०७७। बडिखेल टोल सुधार समिति,गोदावरी ब्लोदान नगर समितिको संयुक्त आयोजनामा भोलि शनिबार अर्थात जेष्ठ १० गते गोदावरी नगरपालिका वडा नं. ४ बडिखेल कोडकुस्थित श्री पथप्रर्दशक मा वि मा बिहान १० बजे आकस्मिक घरदैलो रक्तदान अभियान हुने भएको छ ।

नेपाल रक्त संचार सेवा पुल्चोक, ललितपुरको प्राविधिक सहयोगमा, बडिखेल बचत तथा ॠण साकोसको सहयोगमा गोदावरी नगरपालिका वडा नं.४ का वडा सदस्य,व्यवसायी एवं सामाजिक अभियन्ता कृष्णमुरारी घिमिरे र गोदावरी खोला क्षेत्र सरसफाई अभियानकी संयोजक एवं सामाजिक अभियन्ता बेबि राजभण्डारीको सहजीकरणमा उक्त अभियान हुने जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here