राजनीति

आगामी निर्वाचनपछि काँग्रेसकै नेतृत्वमा बन्ने सरकारले जनतालाई सबै अधिकार दिने केन्द्रीय सदस्य अब्दुल सतारको दावी

काठमाडौँ, बिहीबार, ६ असोज २०७९ । आगामी संघ र प्रदेश सभाको निर्वाचनपछि काँग्रेसकै नेतृत्वमा बन्ने सरकारले जनतालाई सबै अधिकार दिने केन्द्रीय सदस्य अब्दुल सतारको दावी गरेका छन ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले नेपाली काँग्रेस सच्चेर जानुपर्ने बताउदै केन्द्रीय पदाधिकारीहरुले समानुपातिकमा बसेर गाउँका कार्यकर्ताको मनोवल घटाउन नहुने बताए ।

केन्द्रिय पदाधिकारीहरु समानुपातिक नबसेर प्रत्यक्ष चुनाव लडी गाउँका कार्यकर्ताको मनोबल बढाउन केन्द्रिय नेता सतारले सुझाव समेत दिए ।

उनले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको संविधान अझै पूर्णरुपमा कार्यान्वयन हुन नसकेको अवस्थामा रहेको बताए । संविधान जारी भएपछि नागरिकमा जागेको उत्साह केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेर संविधानप्रतिको विश्वास घटाएका बताए ।

केपी ओलीपछि कांग्रेस सभापति देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधान कार्यान्वयनका निमित्त बनाउनुपर्ने कानूनहरु पनि बनाउन नसकेको उनकाे भनाई थियाे । कानून बन्न नसक्नुमा कोभिड महामारी र वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन नै भएको बताए ।

अब हुने संघ र प्रदेश सभा निर्वाचनबाट काँग्रेस देशकै पहिलो पार्टी हुने र काँग्रेसकै नेतृत्वमा बन्ने सरकारले जनतालाई सबै अधिकार दिने उनले दावी गरे । संविधानमा रहेका कमीकमजोरीलाई काँग्रेस नेतृत्वकै सरकारले सच्याउने पनि बताए ।

Leave a Reply

Your email address will not be published.