Friday, February 26, 2021
More

    आगामी मंगलबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुल्ने

    काठमाडौं, शुक्रबार, १० पुस २०७७ । यातायात व्यवथा विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुलाउने भएको छ । लकडाउनपछि पहिलो पटक लाइसेन्सको अनलाइन फारम खुल्न लागेको हो ।

    शुक्रबार यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गर्दै पुस १४ मंगलबारदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुल्ने जानकारी दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरी अनलाइन फाराम खुला गरिने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताउनु भयो ।

    नेपाल सरकारको मन्त्रिपरिषद्ले गत चैतमा लकडाउन गर्ने निर्णयपछि चैत ११ गतेदेखि सवारीचालक अनुमति पत्रको अनलाइन फाराम बन्द भएको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here