एजेन्सी, बिहिबार, २९ साउन २०७७ । जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्फाहनले आगामी महिनाहरुमा कोरोना भाइरसको खोप उपलब्ध हुनेमा आशावादी रहेको बताउनु भएको छ ।

स्वास्थ्यमन्त्री स्फाहनले जेडडीएफसँगको कुराकानीमा भन्नुभयो, “सम्भवत: आगामी महिनाहरुमा कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ र निश्‍चित रुपमा आगामी वर्ष खोप लगाउन सकिनेछ ।” उहाँले खोप उपलब्ध हुने यही महिनामा खोप उपलब्ध हुने भनेर यकिन गर्न भने अस्वीकार गर्नु भयो, “कति मानिसहरूले खोप लिन आवश्यक पर्छ वा यो रोग प्रतिरोधात्मक क्षमता कति लामो समयसम्म रहन्छ भनेर भन्‍न सकिन्‍न,” उहाँले भन्नुभयो ।

“तर एउटा कुरा हामी भन्‍न सक्छौं कि हामी सबै अनुसन्धानकर्ताहरू, वैज्ञानिकहरू, जनता मिलेर काम गरिरहेका छौं, “सम्भवत: हामीसँग मानव इतिहासमा नै विभिन्‍न खोपमध्ये सबैभन्दा चाँडो कोरोना विरुद्धको खोप उपलब्ध हुनेछ”, उहाँले भन्नुभयो ।

जर्मनीमा कोरोना संक्रमितको संख्या दुई लाख २० हजारभन्दा बढी पुगेको छ भने ९ हजार २ सय ६८ संक्रमितको मृत्यु भएको छ । हालसम्म एक लाख ९८ हजार कोरोना संक्रमित निको भएका छन् । अलजजिरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here