गोरखा, शनिबार, १७ माघ २०७७ । आज शनिबार थप गोरखाको सिरानचोक गाउँपालिका भित्र ४६ जनाले लगाए कोरोना बिरुद्धको खोप लगाएका छन । सोही अनुरुप गोरखामा जिल्लामा थप १ सय ९० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
यही माघ १५ गतेदेखि कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको गोरखा जिल्लामा आज १ सय ३८ जना पुरुष र ५२ जना महिलाले कोरोना बिरुद्धको खोप लगाएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।
जस अन्तर्गत ९९ जना स्वास्थ्यकर्मी, ६४ महिला स्वास्थ्य स्वयमसेबिका २८ जना कार्यालय सहयोगी रहेको उहाँको भनाई छ । आज खोप लगाउनेहरुमा गोरखा जिल्लाको धार्चे गाउँपालिकाका ७ जना, चुमनुव्री गाउँपालिकाका ३ जना, अजिरकोट गाउँपालिका १९ जना रहेका छन् ।
साथै, भीमसेन थापा गाउँपालिका १ जना, आरुघाट गाउँपालिकाका ४० जना, गण्डकी गाउँपालिका भित्रका २८ जना र गोरखा नगरपालिकाका २३ जनाले पनि कोरना बिरुद्धको खोप लगाएको उहाँले जानकारी दिनुभयो । यससंगै गोरखा जिल्लामा कोरोना बिरुद्धको खोप लगाउनेको संख्या ७ सय ३४ पुगेको छ ।
गोरखा जिल्लामा हिजो सवैभन्दा धेरै २ सय ६९ जनाले एकैदिन कोरोना बिरुद्धको खोप लगाएका थिए । जिल्लामा कोरोना खोप लगाउनेहरुमा जटिल समस्या नदेखिएको भएपनि धेरैमा सामान्य ज्वरो आउने लगायत सामान्य समस्या भने पाइएको जनाइएको छ ।