काठमाडौं, बिहिबार, १ असोज २०७७ । काठमाडौं उपत्यकाका आज बिहिबार ६ सय १८ मा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६ सय १८ जना सङ्क्रमित पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना सङ्क्रमित भएका हुन् ।

सङ्क्रमित हुनेमा काठमाडौंमा १ सय ६४ महिला र ३ सय ४३ पुरुष छन् । ललितपुरमा ३१ महिला र ३० पुरुष तथा भक्तपुरमा २९ महिला र २१ पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दश हजार ६ सय ४१ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । हाल १६ हजार २ सय ४१ जनामा सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

एक हजार २ सय ४३ जना सङ्क्रमित पछिल्लो चौबीस घण्टामा निको भएर घर फर्केका छन् । देशैभरि चौबीस घण्टामा एक हजार २४६ जना सङ्क्रमित थपिदा कुल सङ्क्रमित ५९ हजार ५७३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here