काठमाडौं, बिहिबार, २५ बैशाख २०७७ । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

बिहीबार गरिएको प्रयोगशाला परीक्षणका क्रममा कपिलवस्तु – ८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरसक पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार उनीहरुको अवस्था सामान्य छ । उनीहरु दुवैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

बिहीबार थपिएका २ जनासहित नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ । यी मध्ये २२ जना निको भएका छन् । तर, निको भएकामध्ये ३ जनामा पुन:संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here