काठमाडौं, मंगलबार, ९ भाद्र २०७७ । पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ३ सय २७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । हालसम्म ६ लाख २१ हजार ९०१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले वितेको २४ घण्टामा ८ सय ५५ जनामा संक्रमण देखिएको बताउनुभयो । यससंगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय १३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यससहित डिस्चार्ज हुनेको कुल संख्या १९ हजार १ सय १९ सय पुगेको छ । यो डिस्चार्ज हुनेको ५७ संख्या प्रतिशत हो । आज आइसोलेशनमा हुनेको संख्या १४ हजार २ सय ५० रहेको छ भने त्यसैगरी होम आइसोलेशनमा ५ हजार ६ सय ६९ र संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ८१ जना रहनुभएको छ । हालसम्म देशभरका विभिन्न क्वारेन्टाइमा १० हजार ४ सय ५३ जना रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here