काठमाडौं, बुधबार, १० बैशाख २०७७ । आज अप्रिल २२ अर्थात् आज विश्व पृथ्वी दिवस । अमेरिकाले पहिलो पटक सन् १९७० अप्रिल २२ तारिखमा यो दिवस मनाएको थियो ।

पृथ्वीको पर्यावरणको संरक्षणका लागि जागरूकता बढाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए ।

तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गर्नु भएको थियो ।

दिवसको अवसरमा पृथ्वीको पर्यावरणीय सुरक्षामा जोड दिने गरिएको छ । अमेरिकाले सन् १९७० अप्रिल २२ मा पहिलोपटक यो दिवस मनाएको थियो ।

त्यसैगरी, सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेपछि यो दिवस विश्वभर मनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here