काठमाडौं, शनिबार, २७ भाद्र २०७७ । नेपालमा कोरोना भाइरसका एक हजार २ सय १ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबिस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट थप एक हजार २ सय १ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा दश हजार १ सय ७६ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५३ हजार १ सय २० जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबिस घण्टामा ८ सय ५२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३७ हजार ५२४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here