ललितपुर, शनिबार, १० असोज २०७७ । आज शनिबार ललितपुरका विभिन्न ठाउँमा एक घण्टा बिजुली नआउने भएकोे छ ।

नेपाल विधुत प्राधिकरण लगनखेल वितरण केन्द्रका अनुसार ललितपुरका ५ फिडरमा लोड तथा परिर्वतन गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि १ बजेसम्म बिजुली जाने भएको हो ।

गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल-२ फिडर, इमाडोल-३ फिडर र लुभु फिडरमा लोड परिर्वतन गर्ने केन्द्रले जनाएको छ ।

हरिसिद्धि, गोदावरी, हात्तिवन, सरस्वतीटार, ग्वार्को, टिकाथली, लुभु, लामाटार लगाएतका क्षेत्रमा एक घण्टा बिजुली जाने प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here