ललितपुर, शुक्रबार, १२ भाद्र २०७७ । गोदावरी नगरपालिकामा आज शुक्रबार मात्रै थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यससंगै थप १८ सहित कोरोना संक्रमितको संख्या ६८ जना पुगेको नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।

संक्रमणको अवस्था भयावह हुनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै निषेधाज्ञा प्रभावकारी पालना गर्न गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले आग्रह गर्नुभएको छ ।

साथै, आज शुक्रबार मात्रै गोदावरी नगरपालिका वडा नं १०,११ र १२ मा थप १८ जना संक्रमित पुष्टि भएको मेयर महर्जनले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here