February 24, 2024
इतिहास

आज स्व. राजा वीरेन्द्रको जन्मजयन्ती

काठमाडौँ, शनिबार, १४ पौष २०८० । आज पुस १४ गते स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मदिन । वीरेन्द्र शाहको जन्मदिनको अवसर पारेर आज राजतन्त्रवादीहरुले उनको ७९ औं जन्मदिन मनाउँदै छन् ।

वीरेन्द्र शाहको २००२ साल पुस १४ गते जन्म भएको थियो । शाहको जन्मजयन्तीको अवसर पारेर आज जावलाखेल चोकमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पणको कार्यक्रम समेत राखिएको छ ।

माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि राजा बिरेन्द्र बेलायतको इटन कलेजमा पढेका थिए । पछि जापान तथा अमेरिकामा पनि उनले थप अध्ययन गरेका थिए । वीरेन्द्रको विवाह वि.सं. २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो ।

राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो ।

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो ।

तथापि, विभिन्न राजनीतिक दलहरू र बहुसंख्यक सामाजिक समस्याहरूको बीचमा झन्डाहरू नेपाली गृहयुद्धको नेतृत्वमा, माओवादी विद्रोह र सरकारी शक्तिहरू बीचको विवाद, जुन वि.सं. २०५६ देखि वि.सं. २०५१ सम्मसम्म पुग्यो ।

राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा मृत्यु भएको थियो ।

राजा वीरेन्द्रसंगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत १२ जनाको हत्या भएको थियो ।

उक्त घटना अझै रहस्यमै रहेको छ । यो हत्याकाण्डमा युवराज दिपेन्द्रको हात रहेको बताइए पनि अझै जनता मान्न तयार छैनन् । उक्त हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नै नाश भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *