Friday, January 22, 2021
More

    ‘आदर्श विशेष सम्मान’ गायक सपुतलाई प्रदान गर्ने निर्णय

    काठमाडौँ, बुधबार, १ पौष २०७७ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यस वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ ।

    सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद रु २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ ।

    जिल्लाको काठेखोला गाउँपालिका-३ धम्जामा जन्मिएका गायक सुपतलाई लोकसङ्गीतको उत्थानमा पुर्याएको योगदान बापत सम्मान गर्न लागिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताउनु भयो । गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘फुटेका चुरा’, लगायतका गीत लोकप्रिय छन् । गायक सपुतले चलचित्र प्रदेशी-२ मा नायकको समेत भूमिकामा देखिँदै छन् । सो चलचित्रको अहिले छायाङ्कन भइरहेको छ ।

    उक्त सम्मान छिट्टै विशेष समारोहका बीच गायक सपुतलाई समर्पण गरिने सहकारीका अध्यक्ष जिसीले बताउनु भयो । ‘आदर्श विशेष सम्मान’ यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिएको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here