सिन्धुपाल्चोक, बिहिबार, ४ असार २०७७ । सिन्धुपाल्चोकमा श्री हरि आध्यात्मिक सेवा आश्रमको शिलान्यास गरिएको छ । चौतारा सागाँचोक गढी नगरपालिका ७ मा आश्रमको शिलान्यास गरिएको छ । सिन्धुपाल्चोक जिल्लालाई २ वर्ष भित्र संस्कृतमय बनाउने उदेश्यसहित उक्त आश्रमको निर्माण गर्न लागिएको हो ।

संस्थाका अध्यक्ष डा. पुण्य प्रसाद दंङ्गगालले वौदिक स्वस्तिवाचन र वास्तु पुजा गर्नु भएको थियो । गुरुकुल शिक्षाको माध्यमबाट सभ्य समाजक निर्माण गर्नका लागि आजको आधुनिक शिक्षालाई संगसंगै लिएर जाने उदेश्यका साथ उक्त आश्रमको शिलान्यास चौतारा सागाँचोक गढी नगरपालिका ७ का वडा अध्यक्ष उमा प्रसाद दुलाल, संस्थाका सचिव देबी दंङ्गगाल, संस्थाका कोषाध्यक्ष बलराम खनालले संयुक्त रुपमा शिलान्यास गर्नु भएको थियो ।

आश्रमका लागि सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ का माननीय सांसद शेर बहादुर तामाङ्ग सांसद कोषबाट दश लाख रुपैयाँ प्रदान गर्नु भएको छ । कार्यक्रममा पूर्व प्रहरी उपरीक्षक गोबिन्द बहादुर खड्का, समाजसेबी अमृत बहादुर कार्की, स्थानीय बासिन्दा, बुद्दिजीबीको उपस्थिति रहेको थियो ।

संस्थापक संस्थाका अध्यक्ष डा. पुण्य प्रसाद दंङ्गगालले श्री हरि आध्यात्मिक सेवा आश्रम सबैको साझा संस्थाको रुपमा रहेको बताउदै गुरुकुल शिक्षाको माध्यमबाट सभ्य समाजक निर्माण गर्नका लागि आजको आधुनिक शिक्षा प्रदान गरिने जानकारी दिनु भयो । साथै, आफ्नो भौतिक सम्पत्ति पनि संस्थालाई नै अर्पण प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here