काठमाडौं, मंगलबार, २३ असार २०७७ । ललितपुरको पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखाको भिमसेन थापा गाउँपालिका वडा न २ तान्द्राङका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।

पाटन अस्पतालमा आईसीयूमा राखेर उपचार गरिएका उनको गएराति मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here