गोरखा, मंगलबार, १६ बैशाख २०७७ । आफ्नो गाउँका बासिन्दा उद्धार गर्न गएको बस राजमार्गमा नै रोकिदिएको छ ।

गोरखाको सिरानचोक गाउँपालिकाले काठमाडौँमा लकडाउनबाट समस्यामा परेका तथा घर फर्किन चाहाने आफ्नो गाउँका बासिन्दा उद्धार गर्न गएको बस काठमाडौं प्रवेश गर्न नपाएर राज मार्गमा नै रोकिएको छ । सिरानचोकबाट पठाएको ८ वटा बस काठमाडौं छिर्न नपाएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताउनु भयो । ‘ग्रिनसिटी अस्पतालमा स्वास्थ्य चेकजाँच गरी बस चढाएर ल्याउन तयार गरेका थियौँ, तर धादिङको प्रहरीले बस अघि बढ्दै दिएन’, गुरुङले भन्नुभयो, ‘जिल्ला प्रशासन कार्यालयले विधिवत रुपमा ल्याउनका लागि वातावरण बनाए पनि प्रहरीले रोक्यो ।’ उहाले भन्नुभयो ।

सिरानचोक गाउँपालिकको पत्र र चलानी न १३८, १४१ १४२ का साथै बैशाख १५ गतेको पत्र अनुसार सवारी साधन नम्बर, सवारी साधनको किसिम, चालकको नाम थर, सवारी साधन चल्ने स्थान र यात्रा मिति समेत उल्लेख गरी ८ वटा सवारी साधन गोरखादेखि काठमाडौँसम्म जान र आउँनको लागि जिल्ला प्रसासन कार्यालय गोरखाले अनुमति दिएको थियो ।

सोही अनुरुप सिरानचोकबासीलाई ग्रिन सिटीमा स्वास्थ्य परीक्षण गराइ काठमाण्डौंबाट पालिका फर्काउने व्यवस्था गरेको हो । तर ‘लकडाउन’लाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिए पछि आज बिहान सिराञ्चोकका वासिन्दालाइ ग्रिन सिटी अस्पतालमा घर जान बस्नु भएका करिव तीन सय जनालाई आफ्नो बासस्थान फर्काउन बाध्य भएको व्यवस्थापक महेश गुरुङ्ले बाताउनु भयो ।

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गृह मन्त्रालयको पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन गृह मन्त्रालयले निर्देशन दिएको थियो ।

सोमबार गृहमन्त्रालयले लकडाउन कडा गर्ने निर्णय गरेपछि लामो समयदेखि काठमाडौँमा समस्यामा परेका गोरखाबासीलाई उद्धार गरौँ भन्ने योजना अघि बढाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो । ‘काठमाडौंलगायतका जिल्लामा समस्यामा परिरहेकालाई घर फर्काउने बारे सर्वदलीय, सर्व पक्षीय बैठकले निर्णय पनि गरेका थियौं । फर्कने मापदण्ड पनि बनाएका थियौं, तर गृहमन्त्रालयको सोमबारको निर्णयले हामी उहाँहरुलाई उद्धार गर्न सफल भएनौं’, प्रजिअ पौडेलले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here