विमला शर्मा

छोराछोरीले सताउदा नम्रताकी खानी आमाको याद आयो
मिठाई लिएर लिन आउने मामाको याद आयो ।

नसुहाउँदो देख्छु, नमिल्दो देख्छु, अहिलेको फेसन
काठमाडौंबाट दाजिले ल्याको जामाको याद आयो ।

माछा र मासु, चाउमिन म:म दिनहुुँ नै खाए पनि आमाको हातको मिठो गुन्द्रुक तामाको याद आयो ।

शहरका ती ठुला ठुला घर फ़ोहोर र प्रदुषणभन्दा श्रृङ्गारी पिडि आँगनमा बस्दा पारिलो घामको याद आयो

पाउ र किलो कुइन्टलमा पनि देखिन्छ गडबड छ्लछाम रहित पाथी मुरि, मानाको याद आयो ।

तछाड मछाड देख्छु सबै यो संसारिक खेलमा तेरो न मेरो लोभ न लालच त्यो बालापनको याद आयो ।

२०७६ साल बैशाख २२ गते सोमबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here