गोरखा, १२ पौष २०७७ । आरुपोखरी समाज काठमाडौद्वारा खरिद गरिएको एम्बुलेन्स गोरखाको आरुपोखरी स्वास्थ चौकीलाइ हस्तान्तरण गरिएको छ ।
आरुपोखरी समाज काठमाडौ र नेपाल सरकारबाट कर छुट सुविधा लिई एम्वुलेन्स खरिद गरिएको छ ।
गोरखाको आरुघाट गाउपालिका वडा न ७ र ८ साविकको आरुपोखरी गा वि स हाल आरुघाट गाउपालिका वडा न ८ स्थित आरुपोखरी स्वास्थ चौकीमा शनिबार एक कार्यक्रमको आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
आरुपोखरी समाज काठमाडौका अध्यक्ष राजेश्वर श्रेष्ठको सभापतितत्वमा, आरुघाट गाउपालिका प्रमुख पुर्ण दाहालको प्रमुख आथित्यतामा, प्रमुख प्रशासकीय अधिक् त प्रमुख एकदेव खनालको बिशेष आथित्यतामा, अतिथि महानुभाव, स्थानीय बासिन्दाको उपस्थितिमा उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको छ । साथै , आरुघाट गाउपालिका वडा ८ वडा अध्यक्ष साथै स्वास्थ चौकी संचालन समितिका अध्यक्ष मुराहरी खनाललाई एम्बुलेन्सको चावी हस्तान्तरण गरिएको थियो । वडा अध्यक्ष खनालले चावी बुझ्दै यस अभियानमा सहभागीहरुलाई धन्यावाद ब्यक्त गर्नु भयो ।
गाउपालिका अध्यक्ष पुर्ण दाहालले यस एम्बुलेन्स सेवाले आरुपोखरीमा मात्र नभई अन्यत्र वडाहरुमा पनि सेवा दिन सक्ने भन्दै शुभकामना ब्यक्त गर्नु भयो । साथै, बिकास निर्माणका काम हरपल जनतालाई पुर्याउने काम भई रहेको बताउनु हुदै सबैलाइ साथ सहयोग र सहकार्य गर्न गाउपालिका तयार रहेको जानाकारी गराउनु भयो ।
त्यसैगरी, आरुघाट गाउपालिका वडा न ७ का बडा अध्यक्ष रण बहादुर बरामले एम्बुलेन सेवाबाट सम्पुर्ण आरुपोखरीबासीलाई सुविधा पुग्ने गरी संचालन होस भनि शुभकामना ब्यक्त गर्नु भयो ।
एम्बुलेन्स खरिद समितिका संयोजक बीर बहादुर अधिकारीले यस अभियनमा सहभागी सबै प्रति धन्यावाद ब्यक्त गर्नु भयो ।
साथै, आरुपोखरी समाजका पुर्व अध्यक्ष साथै युवा अभियान्ता राजेन्द्र खानल र पुर्व अध्यक्ष ईश्वर ढकालले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा सहभागी सम्पुर्ण अतिथिहरुलाई स्वागत मनतव्य समाजका उपाध्यक्ष बाशु भट्ट गर्नु भएको थियो । कार्यक्रम संचालन समाजका सचिव शुरेश खनालले गर्नु भएको थियो ।
कार्यक्रममा यस समाजका संस्थापक अभियान्ताहरु साथै दाताहरुलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।