ललितपुर, बुधबार, ३१ बैशाख २०७७ । पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ ।

एकजना स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरको निदान अस्पताल र आरोग्य परीक्षण केन्द्र सिल गरिएको छ । परीक्षणका क्रममा कोरोना भेटिएपछि बिहानैदेखि सिल गरिएको प्रहरीले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार भित्रका स्टाफ भित्रै र बाहिरका स्टाफलाई बाहिरै राखेर परीक्षणको तयारी भइरहेको छ । कर्मचारी र पछि नर्समा पनि कोरोनाको लक्षणको आशंका गरिएको प्रहरी जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राईका अनुसार त्यहाँ कार्यरत भक्तपुर निवासी स्टाफमा संक्रमण देखिएपछि अस्पताल सिल गरिएको हो ।

अस्पतालका केही कर्मचारीले भने, अस्पतालका लेखा विभागमा कार्यरत उदयपुर भुल्के घर गएर फर्किएका स्टाफमा संक्रमण देखिएपछि सिल गरिएको जनाएका छन् । केही दिनअघि नै आशंका गरेर अस्पतालकै एम्बुलेन्समा परीक्षण गर्न लगिएको थियो ।

संक्रमण आशंका हुँदा नै धेरै कुरा लुकाएको आशंकामा अस्पतालका कर्मचारी त्रासमा छन् । अहिले अस्पतालमा स्वास्थ्यकर्मीको टोलीसमेत खटिएर थप अनुसन्धान गरिरहेको छ। मंगलबारमात्रै काठमाडौंमा एक र भक्त्तपुरमा दुईजनामा संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here