गोरखा, शुक्रबार, २६ बैशाख २०७७ । गोरखाको सिरानचोक गाउँपालिकाले मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग प्रदान गरेको छ ।

अनाथ, असाहाय मानिसहरुलाई साहरा दिइरहेको उक्त आश्रमलाई बुद्ध जयन्तीको अबसरमा पारेर केही खाद्य सामाग्री सहयोग गरिएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले बताउनु भयो । कोरोना भाइरसको संक्रमणका कारण सबैतिर समस्या परेको आजको जटिल परिस्थितिमा आश्रममा रहेका बालबालिकाहरुलाई गाउँपालिकाले राहत स्वरुव खाद्यन्न उपलब्ध गराएको हो ।

खाधान्न स्वरुप २ बोरा चना, एक बोरा दाल, एक बोरा प्याज, एक प्याकेट तेल र ५ कार्टुन चाउचाउ उपलब्ध गराइएको अध्यक्ष राजु गुरुङले बताउनु भयो । बिहीबार आश्रममा पुगि सञ्चालिका मुना लामालाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

आश्रममा अहिले ३६ जना बालबालिका सहित ४५ जनाले आश्रय लिइरहेका छन् । आश्रमले बेसाहारा सडक मानिसहरुलाई उद्धार गरी पालनपोषण गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here