Saturday, March 6, 2021
More

    इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता : मन्त्री गुरुङ

    काठमाडौं, शनिबार, ११ पौष २०७७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

    सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र  इमान्दारिताका साथ काम गर्दा मात्रै रहेको क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पार्नु भयो ।

    रत्न-धर्म स्मृति प्रतिष्ठानले आज शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उच्च नैतिकता र इमादारिताका काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताउनु भयो ।

    मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक संघ, संस्थालाई समेत आह्वान गर्नु भयो । उच्च नैतिकता र इमान्दारिताका साथ काम गर्न मन्त्री गुरुङले सबैलाई आग्रह गर्नु भयो ।

    कार्यक्रममा मन्त्री गुरुङले शैक्षिक अभियन्ता डीबी खड्काद्धारा लिखित ‘कल्पना र वेदना’ तथा ‘सपना र सृजना’ नामक कविता संग्रह तथा ‘जुुँगुुदेखि मुगुुसम्म’ को अनुुभूति समेटिएको निबन्ध संग्रह विमोचन गर्नु भएको थियो भने नेपाली सेनाका उपरथी डा. सहदेव खड्कालाई सम्मान गर्नु भएको थियो ।

    सोही अवसरमा मन्त्री गुरुङले शैक्षिक अभियन्ता खड्काले उच्च माध्यामिक शिक्षा परिषदमा कार्यरत रहँदा नेपालको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउनु भएको चर्चा समेत गर्नु भएको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here