Saturday, March 6, 2021
More

    उत्तरी गोरखाको पर्यटन बिकासका लागि `धार्चे पर्यटन महोत्सव’ हुने

    गोरखा, बुधबार, ७ माघ  २०७७ । उत्तरी गोरखाको पर्यटन बिकासका लागि पहिलो पटक ‘धार्चे पर्यटन महोत्सव’ हुने भएको छ । धार्चे पर्यटन प्रबद्र्वन समितिको आयोजनामा पहिलो पटक भिन्न भिन्न स्थानमा ‘धार्चे पर्यटन महोत्सव २०७७’ हुन लागेको आयोजकले जनाएको छ ।

    गोरखा सदरमुकाममा समितिले बुधबार पत्रकार सम्मेलन गर्दै माघ १५ गते देखी २५ गते सम्म ४ स्थानमा महोत्सवको आयोजना गरेको जानकारी दिनुभयो । आयोजक समितिका अध्यक्ष मनिलाल गुरुङले न्यौली खोला, काशी गाउँ वेशी र खोर्ला वेशीमा पर्यटन महोत्सव आयोजना गरेको बताउनुभयो ।

    महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै न्यानोनिइङ (पानीको झरनामा उक्लने र्ओलने खेल), रक क्लाइम्बिङ (पहरामा चढ्ने वा झर्ने खेल), जीप लाईन (तारमा झुण्डने खेल), बिच क्याम्पिङ (बगरमा रात बिताउने) र ¥याफ्टिङ (पानी माथि ढुङा चढने खेल) को आयोजना गरिएको समितिले जानकारी दिएको हो ।

    आयोजकका अनुसार ¥याफ्टिङ खोर्ला वेशीबाट डेढ घण्टाको दुरीमा रहेको न्यौली खोला सम्म हुने छ । पत्रकार सम्मेलनमा जानकरी गराईए अनुसार ¥याफ्टिङका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यस्तैगरी काशी गाउँ वेशीमा हुने रक क्लाइमिबङ १५० रुपैयाँ शुल्क निर्धारण गरेको छ । रक क्लाइमिबङ १२ र १५ मिटरको राखिएको छ । न्यौली खोलामा हुने क्यानोनिइङकोलागि ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

    न्यौली खोलामा हुने क्यानोनिइङ १० र २० मिटरको रहेको आयोजकले जनाएको छ । यता खोला वेशीको पुलमा सञ्चालन गर्न लागेको जीप लाईनको लागि भने आयोजकले प्रति ब्यत्ति २०० रुपैयाँ तोकेको छ । जीप लाईनको लम्बाई भने ३० देखी ५० मिटर सम्म लामो हुने छ । साथै, आयोजकले काठमाण्डौं र पोखराबाट भने प्रति ब्यत्ति प्याकेजमा आउन जानका लागि प्रति ब्यत्ति ६ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । जसमा २ रात ३ दिनको आवास, खाना र सवारी तथा सबै खेलमा सहभागी हुन पाउने ब्यवस्था मिलाएको छ ।

    महोत्सवमा दैनिक २०० देखि ५०० मानिसका सहभागीता हुने अनुमान गरिएको छ । १८ लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा स्थानीय स्तरका खाना तथा विविध साँस्कृतिक कार्यक्रमहरु हुने छ ।

    पत्रकार सम्मेलनमा धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमायाँ गुरुङ, गोरखा उद्योग बाणिज्य संघका उपाध्यक्ष भगवानबावु मास्के, गोरखा उद्योग बाणिज्य धार्चे इकाईका अध्यक्ष धनकुमार गुरुङका साथै समितिका अन्य पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here