December 11, 2023
संस्कृति

उदाउँदो सूर्यलाई पूजा गरी छठ पर्व समापन

काठमाडौँ, सोमबार, ४ मङ्सिर २०८० । उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वको आज बिहान समापन गरिएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइएको थियो ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहना पोखरी, नाग पोखरी, शङ्खमुल, कुपण्डोल, बोजे पोखरी, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदी किनार लगायतका स्थानहरूमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *