May 18, 2024
अपराध

उपत्यकाका दुई मेडिकल पसलमा लागू औषध ब्यूरोको छापा

काठमाडौँ, बुधबार, १२ वैशाख २०८१ । काठमाडौंका दुई वटा मेडिकल पसलमा नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले छापा मारेको छ । कागेश्वरी–८ स्थित गोगो फार्मेसी र भक्तपुरको मध्यपुर ठिमी–९ स्थित वोडेमा रहेको टिसा फार्मेसीमा ब्युरोले औषधी व्यवस्था विभागसँग मिलेर छापा मारेको हो ।

ती दुई औषधी पसलले लागू औषध दुर्व्यसनी र कारोबारीलाई नियन्त्रित लागू औषध बिक्री वितरण गरेको आरोप लागेको छ । मेडिकलका सञ्चालक र औषधिसहित कारबाहीका लागि औषधि व्यवस्था विभागको जिम्मा लगाइएको ब्युरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *