May 18, 2024
निर्वाचन गतिबिधि

उप-निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

काठमाडौँ, बिहिबार, १३ वैशाख २०८१ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।

‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को मिति २०८१-१-१० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २०८१-१-१० को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको २०८१-१-१० को पत्रको आधारमा उल्लेखित कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *