Friday, February 26, 2021
More

    एएफसी लाइसेन्स हस्तान्तरण

    काठमाडाैं, बिहिबार, १६ पुस २०७७ । अखिल नेपाल फुटवल सङ्गठन (ANFA) Club Licensing Appeal Body को निर्णय अनुसार त्रिभुवन आर्मी फुटबल क्लबलाई प्रदान गरिएको AFC License ANFA का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाबाट बुधबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नु भएको छ ।

    एसियाली फुटबल कन्फेडरेसन (Asian Football Confederation) अर्थात AFC, आधिकारिक रूपमा ७ मे १९५४ मा मनिला, फिलिपिन्समा गठन गरिएको थियो । यसको मुख्यालय क्वालालम्पुर, मलेशियामा अवस्थित रहेको छ भने यो अन्तर्राष्ट्रिय फुटबल महासंघ (Federation International de Football Association) अर्थात FIFA भित्र रहेका ६ वटा संघहरु मध्ये एक हो । यसमा आवद्ध ४७ सदस्य राष्ट्रहरु मध्ये प्राय: एसियाली देशहरु रहेका छन ।

    नेपालमा एएफसिले क्लव लाईसेन्सिङ्गको प्रकृया २०१६ देखि लागु गरे तापनि २०१८ देखी लाईसेन्स अनिवार्य गरेको थियो । सन् २०१९ मा अखिल नेपाल फुटबल संघले नेपालका सबै ए डिभिजन क्लवहरुलाई एएफसि लाईसेन्स प्रकृया पुरा गर्न निर्देशन दिएकोमा कुनै पनि क्लवले मापदण्ड पुरा गर्न सकेका थिएनन् ।

    सन् २०२० मा पनि अखिल नेपाल फुटबल संघले पूनः ए डिभिजन एएफसि लाईसेनिङ्ग प्रकृया पुरा गर्न निर्देशन गरे बमोजिम त्रिभुवन आर्मी क्लवले सम्पुर्ण प्रकृयाहरु पुरा गरी आवश्यक कागजात अखिल नेपाल फुटबल संघमा पेश गरेकोमा फुटबल खेलको मात्र छुट्टै विधान तयार गरी फुटबल क्लवको नाममा दर्ता हुनु पर्ने प्रावधान भएकोले मिति २०७७ मंसिर १९ गते फुटबल खेलको छुट्टै विधान बनाई त्रिभुवन आर्मी फुटबल क्लवको नाममा दर्ता गरिए पश्चात First Instant Body (FIB) को निर्णयमा पुनर्विचार गरी पाउं भनि अपिल गरेको थियो ।

    ANFA Club Licensing को Appeal Body को मिति २०७७ पुस ७ गतेको बैठकले त्रिभुवन आर्मी फुटबल क्लवलाई AFC Cup Club Licensing Regulations अनुसार सम्पुर्ण मापदण्ड तथा योग्यता पुरा गरेको भनि AFC License प्रदान गर्ने निर्णय गरेको थियो ।

    सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी निरन्जन कुमार श्रेष्ठबाट स्वागत मन्तव्य सहित सुरु भएको उक्त License हस्तान्तरण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, एन्फाका पदाधिकारीहरु तथा नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रमको अन्त्यमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालबाट AFC License प्राप्त गर्न सफल भएकोमा नेपाली सेना तथा त्रिभुवन आर्मी फुटबल क्लवलाई बधाई दिनु भएको छ ।

    त्रिभुवन आर्मी फुटबल क्लवले AFC License प्राप्त गरे पश्चात AFC अन्तरगतको कुनै पनि क्लव स्तरका अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुन पाउने बाटो खुल्ला भएकोले उक्त क्लवका खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो खेल कौशलको प्रदर्शन गर्दै नेपालको प्रतिनिधित्व गर्ने अवसरको श्रृजना भएको छ ।

    उक्त क्लव AFC License प्राप्त गर्ने नेपालको पहिलो फुटबल क्लव हुन सफल भएको हुँदा नेपालको फुटबल ईतिहासमा
    ऐतिहासिक सफलताको रुपमा लिदै यसले नेपाली फुटबल खेलको बिकासमा महत्वपूर्ण योगदान पुर्याउने बिश्वास नेपाली सेनाले लिएको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here