गोरखा, मंगलबार, २ असार २०७७ । गैर आवासीय नेपाली संघ (एनआरएन) ले गोरखाको लाप्राक, गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमूना बस्तीमा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरेको छ ।

संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल विद्युत् प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङसँग मंगलबार भेटी लाप्राकमा राष्ट्रिय विद्युत् प्रसारण लाइनबाट द्रुत गतिमा विद्युतीकरण गरिदिनाका साथै ५ सय ७३ घरकै लागि निःशुल्क मिटर जडान गरी बस्तीभित्र भूमिगत रुपमा विद्युत् वितरण गरिदिन अनुरोध गर्नु भएको छ ।

सोका लागि लाभग्राही आवश्यक जनश्रमदान गर्न तयार रहेको उहाँले अवगत गराउनुभयो । एकै प्रकारका एकै क्षेत्रफल ओगटेका ५ सय ७३ घर भएको विश्वकै एक मात्र एकीकृत नमूना बस्ती निर्माण गोरखा जिल्लाको दुई हजार ७ सय ५० मिटर उचाइमा रहेको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकमा अन्तिम चरणमा पुगेको एनआरएनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here