काठमाडौँ, शनिबार, ३ असोज २०७७ । ललितपुर महानगरको जावलाखेल क्षेत्रमा एकै साथ चारवटा पार्क निर्माण हुने भएको छ । उक्त पार्क ललितपुर महानगरको नगरस्तयरीय गौरवशाली आयोजना अन्तर्गत निर्माण हुन लागेको हो ।

पार्कको शनिवार आज ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गर्नुभयो । चिल्ड्रेन पार्क, मिडल पार्क, पिस पार्क र गणेशमान सिंह पार्क नाम दिइएको उक्त पार्कहरु कुल २६ आना ३ पैसा जग्गामा निर्माण हुने भएको छ । यी पार्कको कुल लागत ७८ लाख ४८ हजार रहेको महानगरपालिकाले जनाएको छ ।

ललितपुर महानगरपालिकाले लगनखेल, कुमारीपाटीको प्रसादी एकेडेमी नजिकै पार्क निर्माणको तयारी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here